गोर्खा शहीद च्यालेञ्ज फूटबलः आयुष सेभेन सुकनाको रोमाञ्चक जीत

IMG-20220712-WA0134.jpg

१२ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्ट आजदेखि शुरु भयो। स्थानीय मण्टिभियट खेल मैदानमा मंगलवार खेलिएको उद्घाटन म्याचमा आयुष सेभेन सुकनाले खरसाङ युनाइटेडलाई ६-५-ले पराजित गऱ्यो। विजेता टीमका फरवर्ड अरुण तामाङ (२ गोल)-लाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई पूर्व फूटबलर तथा दिग्गज प्रशिक्षक क्रिस्पिन छेत्रीको बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब बुधवार खेलिने म्याचमा भूटिया सेभेन खरसाङ र ईगल्स सेभेन सिलगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।

About Author

Advertisement