गोर्खा विभुति सालिग निर्माण समितिको सभा

11ae376f-4af8-4a23-a979-a27a8ca3664e

बानरहाट – गोर्खा विभुति सालिग निर्माण समितिको एउटा सभा आज बानरहाट खण्ड अन्तर्गत माडवाडी धर्मशालामा सम्पन्न भयो। जसमा विशेषगरी बानरहाट खण्डका मानिसहरूलाई लिएर एउटा ब्लक कमिटी गठन पनि  गरिएको छ। जसको संयोजकको रुपमा सुजित बराइली अनि सह संयोजकको रुपमा प्रदिप मगरलाई सर्वसम्मतिले चयन गरेको छ भने जसमा ४५ जना सदस्यहरूलाई लिएर एक कमिटी पनि गठन गरिएको जानकारी नारायण विश्वकर्मा अनि विशाल गुरुङले दिएका छ्न्।

आगामी दिनमा डुवर्सको एलनबारीदेखि सुनकोशसम्मको विभिन्न क्षेत्रहरूमा गोर्खा समुदायहरूको बिभुतिहरूको शालिक निर्माण गरिने छ। जसको निम्ति सरकारलाई पनि गुहार मागिने अनि विभिन्न क्षेत्रमा गएर गोर्खा समुदायहरूबाट पनि केहि मात्रामा सहयोग लिएर सो सालिग निर्माण गरिने जानकारी गराए।

About Author

Advertisement