गोर्खा राष्ट्रिय युवा मोर्चाले हिज भएको घटनाको घोर बिरोध गर्दछ

IMG-20231011-WA0169.jpg

दार्जीलिङ: पत्रकार माथी हमला भनेको गणतन्त्र माथी हमला हो। आखिर के लुकाउन खोजेको हो त सत्ताशिन दलले? पत्रकार लाई पत्रकारिता गर्न देखि रोक्नु भनेको समाजलाई अन्धकार मा राख्नु हो।यस्तो अवस्थामा पनि गुण्डागर्दी गरेर के प्रमाणित गर्न चाहेको हो? एक तर्फ नयाँ सोच नयाँ बिचार अर्को तर्फ गुण्डागर्दी यो कस्तो निती हो? पत्रकार माथी हमला गरेर आफ्नो डर लुकाउन खोजेको प्रमाण हो यो।अहिले घडी बाढ़ प्रभावित क्षेत्रमा सबैको गिद्धे नजर छ यस्तो अवस्थामा पत्रकार माथी हमला गरेर क्षेत्रिय राजनितिको गरिमालाई चोट पुगेको छ। एउटा बिपक्षी राजनैतिक दलको कार्यकर्ता भएको नाताले समस्त मिडिया कर्मीहरूलाई यस्तो घटना घटेकोमा म माफी चाहन्छु र सम्पूर्ण राजनैतिक दलहरूको कार्यकर्ताहरुलाई यस्तो कु कृत्यहरू नगरिदिने र क्षेत्रिय राजनितिको गरिमालाई बनाइराख्ने अपिल गर्दछु। राजनैतिक गुण्डागर्दीको कडा शब्दमा निन्दा गर्दछु साथै दोषी ब्यक्तिहरुलाई प्रसाशनले चाँडो पक्राउ गर्नु पर्छ भनेर अपिल गर्दछु।
संजोक गुरुङ
को-अर्डिनेटर
गोर्खा राष्ट्रिय युवा मोर्चा, केन्द्रिय समिति

About Author

Advertisement