गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीका समर्थकगण हाम्रो पार्टी छोडेर पुन आफ्नै पार्टीमा फर्किए

IMG_20230213_163032.jpg

पेशोक: गोरामुमो लप्चु-पेशोक समष्टि अन्तर्गत दबाई पानी मिनरल स्प्रीरिङ शाखा गोदाम धुराबाट हाम्रो पार्टीका धेरैजना सदस्यहरु गोरामुमोमा पुनः सामेल भएका छन्। दार्जिलिङ ब्राञ्च कमिटीका पार्टी अध्यक्ष सुरज कटुवालको उपस्थितिमा समष्टि अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा आयोजना गरिएको समर्थन कार्यक्रममा नयाँ समर्थकहरूलाई समष्टि कमिटीको तर्फबाट दिनेश देवानले दलीय झण्डा प्रदान गरेर स्वागत जनाए। पार्टीको शाखा सदस्य सुदेश राईले सबैलाई पार्टीमा स्वागत जनाए। गोरामुमो मात्र जाति र माटोको उन्मुक्तिको निम्ति लडिरहेको छ भन्ने कुरालाई वहाँहरुले आत्मसात गरेका छन् र अब जाति र माटोले उन्मुक्ति नपाएसम्म अध्यक्ष मन घिसिङको हात बलियो बनाउने अठोट गरेको तिनले बताए।

About Author

Advertisement