अध्यक्षा पदमा मणिकला तामाङ चयन
कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो संगठनलाई विस्तार गर्दै गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समिति गठन गरेको छ। आईतवार कालेबुङ शेर्पा गाउँ ब्लक नम्बर एकमा गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसेको सांगठनिक सभामा गोरानासं केन्द्रीय समिति गठन गरिएको छ। ब्लक एकका अध्यक्ष लाक्पा शेर्पाको उपस्थितिमा सचिव विकास मुखियाले सांगठनिक सभालाई सञ्चालन गरेका थिए। सभामा सर्वसहतिले मणिकला तामाङलाई गोरानासं केन्द्रीय समितिको अध्यक्षा पदमा अनि कमला तामाङलाई उपाध्यक्षा पदमा चयन गरिएका छन्। यसै गरी सेक्रेटरी जनरलमा उमा छेत्री, अमृता थापा, रिना भुजेल, अर्पना भारती, सह सेक्रेटरी जनरलमा अजिला देवान, पुष्प लामा, अनिता तामाङ, सकुन तामाङ अनि बिमला राई चयन भएका छन्।

यसै गरी कोषाध्यक्षामा शान्ति लामा अनि बिना मोक्तानलाई चयन गरिएका छन्। यसै गरी कार्यकारिणी सदस्याहरु पनि चयन गरिएको छ। पार्टी अध्यक्ष मन घिसिङद्वारा नव गठित केन्द्रिय समिति प्रतिनिधि अनि कालेबुङ गोरानासंका प्रतिनिधिवर्गलाई खदा लगाएर बधाई अनि शुभकामना दिन्दै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर संगठनलाई बलियो बनाउँदै जाति र माटोको उन्मुक्तिको कार्य गर्नु पर्ने दिशा निर्देशन दिएका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संस्थापक अध्यक्ष सुवास घिसिङको नेतृत्वमा गोर्खा जातिको हक र अधिकारको लड्नु सिकायो। जसको फलस्वरूप हामीले गोर्खा किपट अनि भारत देशको प्रथम दर्जाको नागरिकता प्राप्त गर्न सक्यौं। गोर्खाल्याण्ड सोझै प्राप्त गर्न नस्कने भए पछि छैटौं अनुसूची मार्फत हाम्रो भुमिको सुरक्षा गरेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति छैटौं अनुसूचीलाई माध्यम बनाएको हो तर हाम्रो आफ्नै बुद्धिजीवी, नेताहरुले षड्यन्त्र रची पहाडको भाग्य बिगारेको हो। गोरामुमो गोर्खा जातिको मुद्दामा एक इन्च पनि पछि हटेको छैन। अध्यक्ष मन घिसिङले इमानदारी पुर्वक कार्य गरिरहेका छन्। भारत सरकारलाई बुझाउनु पर्ने सम्झाउनु पर्ने सबै कार्य गरिसकेका छन्। अब भारत सरकार को पालो हो बोल्ने। यसैकारण अब हामी नारीहरु पनि जाति र माटोको उन्मुक्तिको निम्ति एक भएर अगि आउनु पर्छ भनिगोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङले अपिल गरेका छन्।

आजको सांङ्ठनिक सभामा गोरामुमो केन्द्रीय समिति सदस्यगण, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा कालेबुङ ब्लक १,२,३ अनि ४ का प्रतिनिधिबर्ग , गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी प्रतिनिधि बर्ग , गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई , भ्रातृ संगठनका प्रतिनिधिवर्ग एवं गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।










