गोर्खा जनमुक्ति युवा मोर्चाको १६औं स्थापना दिवस समारोह विषयमा सभा सम्पन्न

IMG-20231108-WA0192.jpg

दार्जिलिङ: गोर्खा जनमुक्ति युवा मोर्चाको १६औं स्थापना दिवस समारोह विषयमा दार्जिलिङ महकुमा समिति अन्तर्गत सम्पूर्ण समष्टिको युवा मोर्चा प्रतिनिधिहरूलाई लिएर एउटा जरूरी सभाको आयोजना गरियो। युवा मोर्चा केन्द्रिय सचिव नोमन राईको सभापतित्वमा आयोजित आजको सभालाई सोभित राईद्वारा सञ्चालन गरिएको थियो। १८ नोभेम्बर दार्जिलिङमा कतिपय बाध्यता अनि रूकावटहरूको कारण यसपाली गोर्खा जनमुक्ति युवा मोर्चाको १६औं स्थापना दिवस समारोह कालेबुङमा भब्यताको साथमा मनाउने कुरा दिपेन मालेद्वारा सभामा राखिएको थियो। सभामा धेरै वक्ताहरुले आफ्नो तर्फबाट राम्रो राम्रो सुझाव प्रस्तुत गरेर युवा मोर्चालाई अझ धेरै टेवा पुराउने काम गरेको बताइएको छ।

सभामा आफ्नो कुरा राख्दै सभाध्यक्ष नोमन राईले दार्जिलिङ पहाडको अन्य राजनैतिक दल अनि अन्य राजनैतिक नेताहरूलाई केवल दार्जिलिङभित्र अनि कलकत्ताको नवन्नासम्म मात्र चिन्ने गर्छ तर गोर्खा जनमुक्ति मोर्चा अनि अध्यक्ष बिमल गुरुङलाई भने दार्जिलिङ, तराई डुवर्स लगायत राज्य सरकारदेखि भारतको केन्द्र सरकार साथै देशको विभिन्न प्रान्तहरुले पनि गोर्खाहरूको लिडर भनेर चिन्ने गरेको बताएका छन्। यस सभामा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङ पनि उपस्थित रहेका थिए।

About Author

Advertisement