गोर्खाहरु सबै एकजुट भएमा मात्रै हाम्रो लक्ष्य पूरा हुन्छ: पेम्बा रिपोर्छे

IMG-20241130-WA0192

खरसाङ: बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिपोर्छेले गोर्खाहरु सबैलाई एक हुने आह्वान् गरेका छन्। गोर्खाहरु एक भएमा‌ मात्रै लक्ष्य प्राप्त हुने भएको बताएका छन्‌। उनले यो पहाडको कस्तो विडम्बना कि आफ्नै क्षेत्रमा सानो ब्यवसाय पनि गर्नु नसक्ने अनि गोर्खाहरु अहिले आफ्नै भूमिमा पनि केही गर्नु नसक्ने भएको र सानो व्यवसाय गर्नु समेत नसक्ने भईसकेको भन्दै राजनीति मात्र नगरेर सबै गोर्खाहरु जाति र माटोको लागि एकबध्द हुने आह्वान् गरेका छन्। उनले सबै गोर्खाहरु एक भएर हाम्रो लक्ष्यलाई हाँसिल गर्नुपर्छ भन्दै ठाउँ र आफ्नै माटोमा गोर्खाहरुले थिचोमिचोको सामना गर्नु परेको बताएका छन्‌।‌ बौद्ध धर्म गुरु पेम्बा रिपोर्छेले भारतभरिको गोर्खाहरुको अभिभावक बिमल गुरुङ रहेको बताउँदै जाति र माटोको लागि सबै राजनीतिक पार्टीहरुलाई पन्छ्याएर एक हुने आह्वान् गरेका छन्। उनले बिमल गुरुङलाई निवेदन गरेका छन् कि जाति र माटोको लागि पुरानो सदस्यहरु पनि फर्केर आउँछ भने स्वागत गरिदिने आह्वान् गरेका छन्।

About Author

Advertisement