गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अधीनस्थ सबै स्कूलहरू भोलिदेखि छुट्टीको आधिकारिक घोषणा

Gorkhaland_Territorial_Administration_seal

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत रहेका सबै विद्यालयहरूमा भोलिदेखि ग्रीष्मकालीन छुट्टी लागु हुने भएको छ। देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै जीटीएको शिक्षा विभागले आज एक आधिकारिक आदेश जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय लिएको हो। शिक्षा विभागद्वारा जारी सूचनामा भनिएको छ कि सबै सरकारी, सरकारी सहायता प्राप्त तथा निजी विद्यालयहरूमा भोलि बाट ग्रीष्मकालीन छुट्टी सुरु हुनेछ। छुट्टीको अवधि र विद्यालय पुनः सञ्चालनको मिति २ जून २०२५ रहेको छ।

About Author

Advertisement