गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा दिल्लीमा सोनाम वाङचुकलाई समर्थन गर्दै भेटघाट

IMG-20241018-WA0247

हामीले सोनाम वाङचुकको आन्दोलनबाट केही सिक्नुुुपर्छ: किशोर प्रधान

खरसाङ: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले दिल्लीको लद्दाख भवनमा अनशनमा बसिरहेका बैज्ञानिक, पर्यावरणविद, सामाजिक कार्यकर्ता सोनाम वाङचुकसित सौहार्दपूर्ण भेटघाट गरेका छन्। लद्दाखमा नब्बे प्रतिशत अनुसूचित जनजातिहरू रहेको भन्दै छैटौं अनुसूचीको मांगलाई लिएर अनशनमा रहेका सोनाम वाङचुकलाई साथ र समर्थन जनाउँदै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले दिल्लीमा पुगेर भेटघाट गरेका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको मुख्य संयोजक किशोर प्रधानको अगुवाईमा गएको पाँचजना सदस्य प्रतिनिधि टोलीले डा. सोनाम वाङचुकसित सौहार्दपूर्ण भेटघाट गरेका छन्। उक्त टोलीमा मुख्य संयोजक किशोर प्रधान, सह संयोजक बिक्रम छेत्री, वरिष्ठ एक्टिभिस्ट सदस्य डीपी प्रधान, युवा एक्टिभिस्ट आदर्श मंगर र दिल्ली निवासी सदस्य गोकुल सिन्हा आदि उपस्थित रहेका थिए। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा डा. सोनाम वाङचुकलाई दिल्लीमा भेट गरेर उनको अनशनलाई गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा लिखित रूपमा साथ र समर्थन रहेको बताएका छन्। यस अवसरमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पक्षबाट मुख्य संयोजक किशोर प्रधानको बाहुलीबाट डा. सोनाम वाङचुकलाई सम्मानपूर्वक खदार्पणसहित गोर्खे टोपी पहिराएर सम्मान जनाइएको जानकारी प्राप्त भएको छ। यसको साथै यस भेटघाटमा डा सोनाम वाङचुक र गोर्खाल्याण्ड एक्टिभिस्ट समूहसित सौहार्दपूर्ण बातचीत भएको साथै डा. सोनाम वाङचुकले दार्जिलिङ पनि आउने आश्वासन दिएको जानकारी प्राप्त भएको छ। उक्त भेटघाट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको मुख्य संयोजक किशोर प्रधानले गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पाँच सदस्यीय प्रतिनिधि टोलीले दिल्लीको लद्दाख भवनमा अनशनमा बसेका बैज्ञानिक, पर्यावरणविद् र सामाजिक कार्यकर्ता डा सोनाम वाङचुकसित भेटघाट गरी उनको आन्दोलनलाई समर्थन जनाएको बताएका छन्। उनले डा सोनाम वाङचुकसित भेट्नु गर्नुको मुख्य कारण भारतको कुनै पनि आन्दोलन र संघर्ष कुनै दलगत नभएर गणतान्त्रिक हुनु पर्ने भन्ने गोर्खाल्याण्ड एक्टिभिस्ट समूह र सोनाम वाङचुकको केही समानता रहेकोले यो भेटघाट र समर्थन रहेको बताएका छन्। किशोर प्रधानले भने, ‘सोनाम वाङचुकको संघर्षमा गणतन्त्र छ, शान्ति छ र हामी पनि त्यही चाहान्छौं। उहाँले आफ्नो मांगको आन्दोलनलाई लद्दाखदेखि दिल्लीसम्म पैदल यात्रा गरेर पूरा गरेको छ। हामी उनको गाँधीवादी र मौलिख आन्दोलनलाई साथ दिनलाई दिल्ली पुगेका हौं। हाम्रो पक्षबाट लिखित दस्तावेज पनि दिएका छौं। हामीसितको भेटघाटमा खुशी हुनु भयो र दार्जिलिङ पनि आश्वासन दिनु भएको छ।’
किशोर प्रधानले अघि भने, ‘सोनाम वाङचुक वर्तमानको गाँधी हुन्। उनको संघर्षबाट हामीले पनि सिक्नुपर्छ। हाम्रो क्षेत्रबाट पनि गोर्खाल्याण्डको आन्दोलनलाई उनले जस्तै लिएर जानुपर्छ। हामी दिल्ली आएको उद्देश्य सफल बनेको छ।’

About Author

Advertisement