गोर्खाल्याण्ड आन्दोलनमा आधारित चलचित्र बमबहादुर रिलिज २० दिसम्बरमा

IMG-20241210-WA0225

गान्तोक: गोर्खाहरूले छुट्टै राज्यको मागमा सन् १९८६ मा शुरू गरेको गोर्खाल्याण्ड आन्दोलनमा आधारित निर्मित नेपाली चलचित्र बमबहादुर आगामी २० दिसम्बरको दिन भारत अनि नेपालको सिनेमाघरहरूमा एकैपल्टमा सार्वजनिक हुने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त चलचित्रका निर्माता संजिव सार्की, निर्देशक जोन राई अनि अन्यले जानकारी गराएका छन्। दार्जीलिङ कालेबुङ अनि पहाडको विभिन्न यस चलचित्रको छायाङ्कन गरिएको हो भने यसमा मुख्य पात्रको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् भने सिक्किम लगायत पहाडका अन्य कलाकारहरू पनि रहेको निर्माताहरूले आज जानकारी गराए। दार्जीलिङमा सन् १९८६ मा भएको गोर्खाल्याण्ड आन्दोलनको ऐतिहासिक घटनाहरूलाई लिएर निर्माण भएको पहिलो चलचित्रले त्यस समयको धेरै कथाहरू बोकेको साथै यो चलचित्रमा वर्तमान अवस्थालाई पनि केही मात्रमा छोएको उनीहरूले जानकारी गराए।

भारतबाट यो विषयमा बनिएको चलचित्र आगामी २० दिसम्बरको दिन नेपाल अनि भारतको सबै सिनेमा घरहरूमा एकैसाथ सार्वजनिक हुने जानकारी गराउँदै सबैले सिनेमा घरहरूमा गएर हेरिदिने पनि आग्रह गरे।

About Author

Advertisement