गोर्खाल्याण्डको साँचो योद्वा अरूण मोक्तान हाम्रो पार्टीमा सामेल

IMG-20230426-WA0168.jpg

दार्जीलिङ: युवा शक्ति मिरिक महकुमा समिति अध्यक्ष अरूण मोक्तानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो झटका दिन्दै हाम्रो पार्टीमा भए सामेल। शहरको नेरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बास स्थानमा आज विहान अरूण मोेक्तान हाम्रो पार्टीमा सामेल भए। अरूण मोक्तान एक साँचो गोर्खाल्याण्ड समर्थक हुन गत २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा उनी भूमिगत पनि भएका थिए। गत केही बर्ष अधि उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए। अरूण मोक्तान को इमान्दारिताको कारणले उनलाई भागोप्रमो केन्द्रीय कमिटिले भागोप्रमो युवा शक्ति मिरिक महकुमा समिति अध्यक्षको कार्यभार सोम्पिएका थिए। जून तृणमूल काग्रेस को सरकारले गोर्खाल्याण्ड समर्थकहरूलाई खोजी खोजी जेल हालेका थिए, गोर्खाल्याण्ड समर्थकहरूको धर सम्पति सवै कुटकी गरी दिएका थिए, त्यही तृणमूल सरकारसंग मिलेर काम गर्छु भन्ने भागोप्रमोको सोच र विचार अरूण मोक्तानले स्पष्टसंग बुझेपछि उनी गत केही महिना अधि पार्टीदेखि अलग भएका थिए भन्ने उनले बताए।पहाडमा धेरै राजनैतिक दलहरूको गठन भयो, धेरै राजनीति दलहरूले पहाडमा शासन पनि गरयो तर आज पृष्ठ भूमिलाई हेर्ने हो भने हाम्रो पार्टी मात्र एउटा यस्तो राजनैतिक दल हो, जसमाथि कुनै प्रकारको भष्ट्रचार, धाधली आदि जस्ता आरोपहरू छैन, हाम्रो पार्टीको संविधानको टुप्पोमा छुटटै राज्यको मांग स्पष्ट शब्दमा उलेख गरेका छन।

हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितादेखि आफु प्रभाहित भएर गोर्खा जातिको निक्ति केही गर्ने जोश र जागर लिएर हाम्रो पार्टीमा सामेल भएको भन्ने मोक्तानले बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अरूण मोक्तानलाई खदा लगाएर पार्टीमा स्वागत जनाए।भष्ट्रचार मुक्त पहाड बनाउने अनि छुटटै राज्य गोर्खाल्याण्डको मुद्वालाई लक्ष्य सम्म पूराउन हामी सवै एकबद्व हुन पर्छ भन्दै मोक्तानलाई पार्टीको झण्डा सोम्पिए।

About Author

Advertisement