गोर्खाल्याण्डको लागि म आफैलाई आहुति दिनु तयार छु: अजय एडवाडर्स

IMG-20241222-WA0201

दार्जीलिङ: इण्डियन गोर्खा जनशक्ति फ्रण्डको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड रहेको पार्टीको संयोजक अजय एडवाडर्सले बताएका छन्। दार्जीलिङको जिमखाना हलबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ड आज राजनैतिक पार्टीको रूपमा उदय भएको छ। यस नयाँ राजनैतिक पार्टीको गठनको लागि सम्पन्न सभामा अजय एडवाडर्स, पूर्व आईपीएस अधिकारी नर्बु घिसिङ, प्रदीप प्रधान, महेन्द्र छेत्री,एनबी खवास, प्रकाश गुरूङ, शारदा राई सुब्बा आदि उपस्थित रहेका थिए। सभाको मञ्चबाट नेतृत्वहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ड पार्टीको घोषणा र पार्टीको झण्डा सार्वजनिक गरेपछि पार्टी संयोजक अजय एडवाडर्सले इण्डियन गोर्खा जनशक्ति फ्रण्डको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड रहेको बताए। उनले अघि भने, २०१७ को आन्दोलनपछि दार्जीलिङ पार्वतीय क्षेत्रमा गोर्खाल्याण्ड भन्न समेत सकेका थिएनन्। तर अब गोर्खाल्याण्ड शब्दको उच्चारण गर्न तपाईहरूलाई कसैले रोक्न सक्दैन, तपाईहरू निर्धक्कसंग गोर्खाल्याण्ड भन्नु होस, गोर्खाल्याण्ड भन्न तपाईहरू नडराउनु होस, काम बिगार्नु हुँदै, डराउनु पनि हुँदैन, हामी वीर गोर्खाको सन्तान हौं। हामी गोर्खाल्याण्ड भन्नु डराउनु हुँदैन।अजय एडवर्ड्सले अघि भने, ‘विगतका दिनमा गोर्खाल्याण्डको नाममा हाम्रै जातिलाई पिरोल्ने काम गरेको थियो, गोर्खाल्याण्डको नाममा हाम्रै मान्छेहरूलाई समाजिक बहिष्कार गरिएको थियो। गोर्खाल्याण्डको नाममा हाम्रै मान्छेहरूलाई विस्थापित गर्ने कार्यहरू भएको थियो। पानी काटनु हुँदैन। हाम्रै मान्छेहरूको घरहरू जलाउनु हुँदैन, गोर्खाल्याण्ड कसैको निजी सम्पति होइन, हामी सबैको हो।हामीलाई उन्मुक्ति चाहिएको छ।‌उन्मुक्तिको निम्ति नै हामी एकबद्व भएका हौं। हामी गोर्खाहरू लथालिङगै,भताबुङगै भएका छौं यी सबै विषयहरूलाई संगालेर अघि लैजान हामी कार्य नीति एंव भावी योजनाहरू आगमी ३०-४० दिनभित्रमा सर्वजनिक गर्नेछौं। अजय एडवाडर्सले अझ भने, ‘हाम्रो जातिलाई मात्र होइन तर हाम्रो जमीनलाई पनि टुक्रा टुक्रा बनाएको छ। हामी देश स्वाधीन हुन अघि नै आएका हौं। यहाँको हरेक जमीन हाम्रो हो। तर हाम्रो जमीन हामीलाई नै पाँच डेसिमल थोप्ने कार्यहरू भईरहेको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले चियाबारी, सिन्कोनाबारीको विषयमाथि पनि इमान्दारितापूर्वक काम गर्नेछ।चिया श्रमिकहरूको २५० रूपियाँ दैनिक मजदुरीलाई अब हामी स्वीकार्ने छैनौं। मिनिमम वेजेस लागु गर्नुपर्छ। त्यसरी नै सिन्कोनाबारीमा पनि मिनिमम वेजेस लागु गरिएको छैन। त्यहा पनि मिनिमम वेजेस लागु गरिनु पर्छ। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हामी हाम्रो ज्यान दिनु तयार छौं भने चियाबारी र सिन्कोनाबारीको विषयको निम्ति पनि हामी हाम्रो प्राणको आहुति दिनु तयार छौं। यति तारिख म गोर्खाल्याण्ड ल्याउँछु भनेर घोषणा गर्न सक्दिन तर गोर्खाल्याण्डको लागि म आफैलाई समर्पित गर्न सक्छु। गोर्खाल्याण्डको मांग गर्दा प्रशासनले यदि कसैको घर कुटकी गर्छ भने सर्वप्रथम मेरो घर कुटकी गरेको हुनुपर्छ। यदिको कुटाई खानुपर्छ भने सर्वप्रथम मैले खाएको हुनेछु।’

About Author

Advertisement