गोरुबथान माल बस्तीको महाकालेश्वर मन्दिर निर्माण समितिद्वारा जीटीए प्रमुख अनित थापासित भेट

IMG-20250513-WA0251

सिलगढी: गोरुबथान माल बस्तीको महाकालेश्वर मन्दिर निर्माण समितिका २५ जनाको प्रतिनिधि मण्डलले आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापालाई भेट गरेका छन्। उनीहरूको यस भेटको मुख्य उद्देश्य निर्माण हुने महाकालेश्वर मन्दिरको लागि आर्थिक तथा प्रशासनिक सहयोग माग्नु रहेको थियो। यसै क्रममा समितिले मन्दिर निर्माणका लागि जीटीएको सहयोग अपेक्षा गरेकोमा प्रमुख कार्यपाल थापाले आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएको‌ जानकारी प्राप्त भएको छ। यसको साथै प्रतिनिधि मण्डलले कन्सर्टो क्लबको नवनिर्मित भवनको उद्घाटन समारोहमा थापालाई निमन्त्रणा पनि गरेका छन्। जीटीए प्रमुखले यसलाई स्वीकार गर्दै उक्त कार्यक्रममा उपस्थित हुने वाचा दिएका छन्।

यस प्रकार, भेटघाट सकारात्मक रूपमा सम्पन्न भएको छ र दुवै पक्षले क्षेत्रको सांस्कृतिक तथा धार्मिक विकासका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

About Author

Advertisement