गोरुबथानको पत्रकारहरुलाई लिएर एक दिवसीय कार्यशाला सम्पन्न

IMG-20220915-WA0175.jpg

गोरुबथान (महेश्वर प्रधान): कालिम्पोङ इष्ट्न हिमालयन जर्नलिस्ट युनियनका तत्वावधानमा गोरुबथानको माल बस्ती यु सी एन आई चर्चको मल्टीप्रपोज हलमा एक दिवसीय कार्यशाला सम्पन्न भयो। यस कार्यशालामा कालेबुङबाट चार जना रिसोर्स पर्सनहरुको उपस्थिति रहेको थियो। अरुण कुमार राई वरिष्ठ पत्रकार (मुख्य सचिव इष्ट्न हिमालयन जर्नलिस्ट युनियन), प्रज्वल छेत्री पत्रकार (सदस्य इष्ट्न हिमालयन जर्नलिस्ट युनियन), निशा छेत्री पत्रकार(सह सचिवा इष्ट्रन हिमालयन जर्नलिस्ट युनियन), उमेश तामाङ पत्रकार (सह सचिव इष्ट्न हिमालयन जर्नलिस्ट युनियन) रहेका थिए।

आजको यस कार्यशालामा गोरुबथान जर्नलिस्ट क्लबको सदस्य सदस्याहरुको बाक्लो उपस्थिति रहेको थियो। यस कार्यशालामा एक पत्रकारको कर्तव्य, धर्म के कस्ता छन् भन्ने बारे बताएका छन्। यसरी टाडा बाट आएर कार्यशाला सम्पन्न गराइदिएकोमा गोरुबथान जर्नलिस्ट क्लबको तर्फबाट उहाँहरुलाई खदामाला तथा स्मृति चिन्ह प्रदान गरी आभार व्यक्त गरियो।

About Author

Advertisement