सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा पचेङ समष्टिको निम्न सोनादा नयाँ कमानमा सांङ्ठनिक सभा शनिवार सम्पन्न भयो। समष्टिका प्रतिनिधिहरुलाई लिएर बसेको सभामा सांङ्ठनिक बिस्तारलाई लिएर व्यापक चर्चा परिचर्चा गर्दै पार्टी को रणनीति बारे जानकारी गराएको समष्टिका अध्यक्ष भुपेन गुरुङले जानकारी दिएका छन्। उनले जनाए अनुसार वर्तमान पहाडमा चुनावको माहोल निक्कै तात्तिएको छ र आगमी विधानसभा चुनाव विषयमा पार्टीको रणनीति अध्यक्ष मन घिसिङको निर्देशन अनुसार अगि बड्नेछौं। सभामा विशेष पार्टीलाई बलियो बनाउने संगठन बिस्तारमा जोड दिने साथै समष्टिमा सांङ्ठनिक सभाहरुको आयोजना गरि पार्टीको जुन मुद्दा छ गोर्खा जातिको उन्मुक्तिको गोरामुमो लागि परेका छन् त्यसलाई जानकारी गराउने भुपेन गुरुङले जनाएका छन्। यसै क्रममा आज दार्जीलिङ पहाड आएका , गोर्खाहरुको समाधानको निम्ति सरकारी अन्तर संवादकर्ता (इन्टरलोकुटर) पंकज कुमार सिंहलाई दार्जीलिङ पहाडमा आजको सभाले स्वागत जनाएको भुपेन गुरुङले जनाएका छन्।










