गोरामुमो सोनादा टाउन कमिटीद्वारा जनतालाई धन्यवाद ज्ञापन

IMG-20240610-WA0237.jpg

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीद्वारा लोकसभा चुनावमा भाजपा प्रार्थी राजु विष्टलाई भारी मतले जिताएकोमा सोनादाको जनताप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। सोनादा भालुटार सार्वजनिक भवनमा गोरामुमो सोनादा टाउन कमिटीका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थितिमा चुनावको समयमा राजु विष्टलाई जिताउनको निम्ति दिन रात खटेर आफ्नो योगदान दिने कार्यकर्ताहरुलाई सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङद्वारा सम्मान जनाउँदै धन्यवाद दिएका छन्। यसै क्रममा रुस्तम छेत्रीले आफ्नो विज्ञप्ति जारी गर्दै भने, यो जीत भनेको जनताको जीत हो। मुद्दाप्रति समर्पित जनताको जीत हो। सांसद राजु विष्टलाई हामी बधाई अनि शुभकामना दिन्छौं। गोर्खा जाति मुद्दाप्रति गम्भीर छ भनेर प्रमाण गरेका छन्। यसकारण अब सांसद राजु विष्टले काम फत्ते गर्नुपर्छ। यदि काम फत्ते नभएको खण्डमा यो अन्तिम सघाउ हुनेछ। केन्द्रमा एनडीए सरकार गठन भएकोमा हामी बधाई अनि शुभकामना व्यक्त गर्दछौं। अब भारत सरकारले यथाशीघ्र गोर्खाहरुको सपनालाई साकार गर्नेछ भनी विश्वास गर्दछौं। यो जीतको निम्ति पार्टी अध्यक्ष मन घिसिङलाई हार्दिक बधाई दिन चाहान्छौं। उनको मार्ग दर्शनमा हामीले अनुशासपूर्वक चुनाव प्रचार प्रसार गर्न सक्यौं साथै पार्टी अध्यक्ष मन घिसिङले गाउँ बस्तीका जनतासंग घर दैलो अभियान गरी राजु विष्टलाई जिताउनु आफ्नो अहम भूमिका निभाएका छन्। गठबन्धन दलका सम्पूर्ण प्रतिनिधिवर्ग, कार्यकर्ताहरुले आफ्नो महत्त्वपूर्ण भूमिका निभाएकोमा सोनादा टाउन कमिटीद्वारा बधाई दिन चाहान्छौं। जातीय उन्मुक्ति नभएसम्म हामी यसरी नै एक भएर अघि बड्नुपर्छ भनी रुस्तम छेत्रीले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

About Author

Advertisement