गोरामुमो सोनादा टाउन कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20220718-WA0157.jpg

सोनादा: गोरामुमो सोनादा टाउन कमिटीको कार्यकारिणी सदस्यहरुको सभा पार्टी कार्यलय सोनादामा टाउन कमिटीको अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभालाई भूपेन गरुङले सञ्चालन गरेका थिए। सभामा आगामी दिनमा पार्टीको राजनैतिक कार्यक्रमहरुलाई लिएर व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ। सभामा २७ जुलाई २०२२ को दिन शहीद दिवस पालन गरिने विषय लिएर पनि छलफल गरिएको छ। पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई पालन गर्दै पार्टीले आउने दिनहरुमा व्यापक राजनैतिक कार्यक्रमहरु रहेको खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले जानकारी गराएका छन्। सभापछि गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले पार्टी अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै गोरामुमो सोनादा टाउन कमिटी सदैव अध्यक्ष मन घिसिङको साथमा रहेको साथै जाति र माटोको उन्मुक्तिको निम्ति अन्तिम क्षणसम्म लड्ने उनले जनाएका छन्।
वर्तमान समय गोर्खा जातिको हितको निम्ति लडने केवल गोरामुमो मात्र रहेको प्रमाण भएको भन्दै अन्य राजनैतिक दलहरु केवल बंगालको दासत्व स्वीकार्दै बंगालले दिएको अंसवैधानिक थोत्रो व्यवस्थामा रमाउने र जाति र माटोलाई बन्दकी राख्नेहरु मात्र रहेको रुस्तम छेत्रीले आरोप समेत लगाएका छन्। उनले केवल सत्तामा र्याबल चुहाउनेहरुले गोरामुमोले अहिलेसम्म के गर्योआ र गोरामुमोपटि फर्केर तथ्यहीन , आधारहीन बयानबाजी गरिरहेका छन् भन्दै यसको हामी सोनादा टाउन कमिटी द्वारा घोर बिरोध गर्दछौं भनी बताएका छन्। उनले अपरिपक्व राजनीति र ज्ञान् नभएको व्यक्तिहरुले जताततै बोल्नु हुँदैन भनी अजय एड्वर्डलाई सुझाव दिन्दै राजनीतिमा तालमेल र गठबन्धनसम्म नबुझ्ने ब्याक्तिले जाति र माटोको हितको निम्ति गर्नु सक्दैन, यसकारण ईतिहास अध्ययन गर्नु जरुरी छ गोरामुमोले नै पहाडमा सबैलाई राजनीति गर्नु सिकायो, अहिले अजय एड्वर्ड पनि त्यहीँ गोरामुमोले बनाएको मैदानमा उभिएर बोल्दैछ भनी बताएका छन्। उनले दोहोरो चरित्र भएको ब्याक्तुले के जाति हितमा काम गर्नु सक्छ भनी प्रश्न समेत गरेका छन्। बंगालले हामीलाई केही दिनु सक्दैन र पाएको कुरा पनि खोसेर लादैछ लागि सक्यो । गोर्खा जातिलाई लथालिङ्ग बनाएका छन् यसकारण अब केन्द्र सरकारले न्याय दिन्छ भन्ने कुरामा हामी पुर्ण आसावादी छौँ। प्रधान मन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको सपना मेरो सपना हो भनी दिएको बयानलाई अब पूरा गर्ने समय आएको छ। दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताले २०१९ को चुनावमा बिजेपी उम्मेदवार राजु बिष्टलाईआफ्नो बहुमुल्य भोट दिएर भारी मतले बिजयी गराएका हुन् यसैगरी २०२१ मा पनि बिधानसभा चुनाव मा स्थायी राजनैतिक समाधानको निम्ति भोट दिएर जिताएका हुन्। यति मात्र होइन गोर्खाहरुले देशको निम्ति थुप्रै बलिदान दिएका छन् र आजको दिन सम्म दिदै आएका छन् राष्ट्रको निम्ति समर्पित गोर्खाहरुले अब न्याय पाउनु पर्छ केद्र सरकार प्रति हामी आसाबादी छौं गोर्खाहरुले चाडैनै न्याय पाउनेछ भनेर ढिलो भएको खण्डमा सरकारलाई गाह्रो हुनेछ। गोरामुमो जाति र माटोको उन्मुक्तिको निम्ति लागि परेका छन् यसकारण जनताले पार्टी नहेरेर गोरामुमोलाई साथ दिने रुस्तम छेत्रीले अपिल समेत गरे।

About Author

Advertisement