दार्जिलिङ: गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको धर्मपत्नी स्वर्गीय धनकुमारी लिम्बु घिसिङको पन्ध्रौं पुण्यतिथिमा गोरामुमोले आज दार्जिलिङ तामाङ गुम्बामा एक सय आठ बत्ती बालेर पुजा आर्चना गरी श्रद्धाञ्जली अर्पण गरेको छ।
गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, किशोर राई, अमर तामाङ, सुरज कटुवल, पम्फा लामा, मणिकला तामाङ, संजोक गुरुङ, बसुन्धारा प्रधान दार्जीलिङ ब्राञ्चका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधि लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति आज तामाङ गुम्बा दार्जीलिङमा उपस्थित थिए।

संजोक गुरुङले आफ्नो प्रेस बिज्ञप्ति जारी गर्दै भने,
२००८ मा एउटा यस्तो घटना घट्यो त्यो पहाडको निम्ति कालो इतिहास नै थियो। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको धर्मपत्नी स्वर्गीय धनकुमारी घिसिङको मृत शरीरलाई अन्तिम संस्कारको निम्ति पहाड भित्र्याउन दिएन। यो कस्तो किसिमको राजनैतिक संस्कार हो? गोर्खाल्याण्डको नाम गरेर छैटौं अनुसूची जस्तो संवैधानिक ब्यवस्थालाई लत्याएर आन्दोलनको नाममा समाज बहिष्कार, पानी काट्ने, कुटपिट गर्ने हत्या गर्ने यो कस्तो राजनीति हो? २०१७ को आन्दोलनमा हामीले साथ दिदै मैदानमा ओर्लिएको हो खोइ त उपलब्धि? तपाईंहरु आन्दोलन गर्नु होस् जुलुस नारा गर्नुहोस् हाम्रो भन्नू केही छैन त्यो तपाईंको अधिकार हो तर अब २००७ को जस्तो इतिहास दोहोरिनु हुदैन। छैटौं अनुसूचीलाई मन पराएन आफै पनि दागोपापको पार्षद भएर कुर्सीमा बसेको हो मन पराउनु मन नपाराउनु त्यो तपाईंको अधिकार हो तर अठार बर्षको उपलब्धि के हो र जनताले के पायो भनी संजोक गुरुङले प्रश्न गर्दै भने, पहाड शान्त छ यसलाई कायम राख्नु पर्छ तर अब पनि अशान्ति गर्छ भने हामी स्वीकार गर्दैनौं।

केन्द्र सरकारले गोर्खा जातिलाई न्याय दिनको निम्ति कार्य गरिरहेका छन् अब फेरि षड्यन्त्र नहोस् भनी संजोक गुरुङले आफ्नो विज्ञप्तिमा जाहेर गरेका छन्।








