गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20240720-WA0233

दार्जिलिङ: गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको सांगठनिक सभा आज ब्राञ्च कार्यालय दार्जीलिङ बजारमा सम्पन्न भयो। ब्राञ्च अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा बसेको सभालाई पुरण राईले सञ्चालन गरेका थिए। सभामा केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति कार्यालय सचिव अमर तामाङ, ब्राञ्च कमिटीका सम्पूर्ण प्रतिनिधिवर्ग, चौधवटा समष्टि अध्यक्ष – सचिव लगायत गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई, उपाध्यक्ष रविन गुरुङ अनि महासचिव भरत तिरुवा उपस्थित रहेको जानकारी प्राप्त भएको छ। सभामा आगामी दिनहरुको राजनैतिक गतिविधिहरूलाई लिएर व्यापक चर्चा परिचर्चा गरेका गरेका छन् ।यसै क्रममा दार्जीलिङ ब्राञ्च कमिटीको रिक्त रहेको सचिव पदमा सर्वसहमतिले पुरण राईलाई चयन गरेका छन्। सभामा सम्पूर्ण प्रतिनिधिवर्गले पुरण राईलाई खदा लगाएर बधाई अनि शुभकामना व्यक्त गरेका छन्। बिजेपीलाई हामीले सघाएको मुद्दाको निम्ति हो अब समय आएको छ वचन पूरा गर्ने। अध्यक्ष मन घिसिङले दिल्लीमा गर्नु पर्ने बुझाउनु पर्ने कुरा सबै गरिसकेका छन्। आस्था र भरोसाले मात्र हुँदैन। अब वचन पूरा गर्नुपर्छ। मुद्दालाई फत्ते गराउन चाप सृष्टि गर्नको निम्ति दिल्लीमुखी कार्यक्रमको निम्ति पार्टीको रणनीति तय गर्न आज दार्जीलिङ ब्राञ्च कमिटीद्वारा अध्यक्ष मन घिसिङको निर्देशनमा राजनैतिक गतिविधिमाथि चर्चा परिचर्चाको निम्ति डाकिएको बैठक हो भनी वाई लामाले जनाएका छन्। आउँदो दिनहरुमा दिल्लीलाई चाप सृष्टि गर्ने कार्यक्रमहरुबारे जनताले थाहा पाउने छन् । प्रथम गोर्खाल्याण्ड आन्दोलनको बीज रोप्ने ती वीर शहीदहरुको बलिदानद्वारा गोर्खाहरु विदेशी होइन तर स्वदेशी हुन् भनी परिचय दिन्दै सुवास घिसिङको आवाजलाई बुलन्द परि शहीद बनेका ती वीरहरुलाई पार्टीद्वारा कसरी सम्मान दिने भन्ने विषयलाई लिएर आजको बैठकमा चर्चा परिचर्चा गर्दै आगामी २७ जुलाई २०२४ को दिन अध्यक्ष मन घिसिङको निर्देशनमा शहीद दिवसको दिन सम्मान जनाउने निर्णय गर्दै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा पार्टीले शहीद पालन गर्ने पार्टीले निर्णय गरेका छन् भनी वाई लामाले जनाएका छन्।

About Author

Advertisement