खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको सांगठनिक सभा तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा सम्पन्न भएको छ। उक्त सभा गोरामुमो तीनधारे सुकना समष्टिको सभापति जेबी गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आगामी २९ जनवरीमा मिरिकको मञ्जुश्री पार्कमा सुवास घिसिङको समाधिस्थलको अनावरण साथै जनतालाई समर्पणको लागि चर्चा परिचर्चा गरिएको छ। उक्त सभालाई सम्बोधन गर्दै गोरामुमो खरसाङ ब्राञ्ज कमिटीको अध्यक्ष निमा लामाले २९ जनवरीमा मिरिकको मञ्जुश्री पार्कमा सुवास घिसिङको समाधिस्थलको अनावरण साथै जनतालाई समर्पणको लागि हुने कार्यक्रममा उपस्थितिको लागि सबैलाई आह्वान् गरेका छन्। सभालाई सम्बोधन गर्दै गोरामुमो तीनधारे सुकना समष्टिको सभापति एंव गोरामुमो केन्द्रीय सदस्य जेबी गुरूङले भने, ‘वर्तमान समयमा पहाड, तराई र डुवर्समा जुन रिक्तता परिवेश सिर्जना भएको छ। मानौं गोर्खा जाति ओझेलमा परिसकेका छन् भन्ने कुरालाई सबैले महसुस गरेर हालमा गोर्खा जातिको पुनर्ध्दार गर्नको लागि सभाले दीर्घाकालदेखि केन्द्र सरकारलाई पीपीएस सम्बन्धी झट्टै समाधान हेतु कार्यान्वयन गरिदिने र भारतभरि छरिएर बसेका गोर्खाहरुले राष्ट्रप्रति देखाएको उत्सर्गको लागि तत्परता देखाएको हामीमा र हाम्रो इतिहास साक्षी छ।’
उनले अघि भने, ‘आजको सभाले गोर्खा जातिलाई समोचित रुपमा राष्ट्रप्रति अझ गहिरो परिप्रेक्ष्यमा रहेता पनि आज समयमा पनि हातमा शून्य लागेको छ। अब उप्रान्त गोर्खा जातिको भविष्य सुनिश्चित गर्न कदम चालियोस् भनी बिन्ती गर्दछ। अर्कोतिर सांगठनिक विषय लिएर प्रत्येक संगठनलाई बलियो प्रबुद्ध बनाउन प्रत्येक स्थानीय नेताले गाउँ घरमा सभा गर्नु पर्ने कुरालाई सभाले महसुस गरेको छ। त्यसैले सबै नेताहरुले जातिको उत्थानको लागि आउने सुनौलो पूर्वको घामलाई लिएर तातिएर काम गर्ने आह्वान् गर्दछु।’
जेबी गुरूङले अझ भने, ‘कुनै पनि व्यवस्थाप्रति गोरामुमो सामना गर्न सक्षम छ।’
सभामा २९ जनवरीमा मिरिकको मञ्जुश्री पार्कमा सुवास घिसिङको समाधिस्थलको अनावरण कार्यक्रममा व्यापक रूपमा भेला भई सुवास घिसिङलाई श्रध्दाञ्जली अर्पण गर्ने आह्वान् गरिएको छ। सभालाई गोरामुमो तीनधारे सुकना समष्टिको सचिव प्रमोद थापा, गोरामुमो खरसाङ ब्राञ्ज कमिटीको सचिव युध्द छेत्री, एचपीडब्ल्युुयु खरसाङको सदस्य अदिप राई आदिले सम्बोधन गरेका थिए। सभामा जेएनडब्ल्युयु खरसाङ ब्राञ्च सभापति कमला राई, सदस्य प्रनिता गुरुङ, खरसाङ ब्राञ्च कमिटीको सदस्य अशोक सुब्बा, जेएस तामाङ, तीनधारे सुकना समष्टि युवा एकाईको सभापति अमीत प्रधान, सचिव राजीव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।








