गोरामुमो खर्साङ ब्राञ्च कमिटी द्वारा १७औँ छैटौं अनुसूची सम्झौता दिवस पालन

IMG_20221206_150235.jpg

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा १७औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरिएको छ। उक्त कार्यक्रम खरसाङको गोर्खा जनपुस्तकालय भवनमा १७औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरेका छन्। संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दिप प्रज्वलन गरी शुरूवात गरेको कार्यक्रममा विभिन्न संस्कृति प्रस्तुत गर्दै छैटौं अनुसूचीबारे वक्ताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा वर्तमान पहाडको राजनैतिक परिवेश लगायत दिल्लीमा गोर्खाहरुको मुद्दा विषयमा के कस्तो प्रगति भइरहेका छन् भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। पार्टीका केन्द्रीय समितिको वरिष्ठ सल्लाहकार तथा एचपीडब्ल्युयुको केन्द्रीय समिति अध्यक्ष बीके राईको अध्यक्षतामा सम्पन्न यो कार्यक्रमको आरम्भ पार्टीका पूर्व अध्यक्ष स्व. सुवास घिसिङको तस्वीरमा धुप-दीप प्रज्ज्वलन गरी थालिएको थियो। कार्यक्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भूपेन गुरूङले स्वागत वक्तव्य राखेका थिए।

केन्द्रीय समिति सदस्य रबीन लामाले सञ्चालन गरेका कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्य तथा तीनधारे सुकना समष्टि अध्यक्ष जेबी गुरुङ, केन्द्रीय समिति वरिष्ठ सल्लाहकार तथा एचपीडब्लूयू केन्द्रीय समिति अध्यक्ष बीके राई, खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा अनि अन्यान्यले वक्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले विस्तृत रुपमा जनाएका छन्।

About Author

Advertisement