गोरामुमो अध्यक्ष मन घिसिङको उपस्थितिमा ब्राञ्ज कमिटीको सभापति सचिवहरूसित बैठक
दार्जिलिङ: गोर्खाहरु खुशी छैनन् अब गोर्खाहरुलाई भारत सरकारले झट्ट न्याय दिनुपर्छ भनी आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा कालो झण्डा लगाएको जानकारी प्राप्त भएको छ। आज केन्द्रीय कार्यालयमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका अध्यक्ष अनि सचिवहरुसँगको बैठकमा अध्यक्ष मन घिसिङले भावी कार्यक्रमहरुको विषयमा छलफल गरेका छन्। बैठकपछि केन्द्रीय समिति प्रवक्ता वाई लामाले आफ्नो विज्ञप्ति जारी गर्दै भने, २७ जुलाई शहीद दिवसको दिन पार्टी अध्यक्ष मन घिसिङद्वारा कालो पट्टि बाँधेर गोर्खाहरु खुशी छैन भनी आफ्नो विरोध जताउँदै दिएको सन्देशलाई शिरोपर गर्दै अब म पार्टीको प्रवक्ता नभएर एउटा स्वाभिमानी गोर्खा हो। जसवन्त सिंह, एसएस आलुवालिया, राजु विष्टसम्म आइपुग्दा बीस वर्ष टेकिसकेको छ। तर अहिलेसम्म गोर्खाहरुले न्याय पाएको छैन। गोरामुमोले आफ्नो पार्टीको झण्डा पन्साएर हामीले न्यायको निम्ति भारत सरकारलाई चाप सृष्टि गर्नको निम्ति कालो झण्डा लगाएर सन्देश दिन चाहेको हो। अब हाम्रो पार्टी अध्यक्ष पनि स्वाभिमानी गोर्खा भएर गोर्खा जातिको न्यायको निम्ति पार्टी अध्यक्ष नभएर गोर्खा भएर कार्य गर्नेछन्।’
उनले आजको बैंककमा भावी रणनीति लिएर व्यापक छलफल भएको बताउँदै आफ्नो सम्पूर्ण जनतालाई अपिल गर्न चाहान्छौं कि स्वाभिमानी गोर्खाहरुले हामी खुसीी छैनौं भन्ने केन्द्र सरकारलाई सन्देश दिदै आफ्नो घरको धुरीमा कालो झण्डा लगाइदिने अपिल समेत गरेका छन्। उनले पहाडको सम्पूर्ण राजनैतिक दलहरु पनि अब पार्टीको झण्डा पन्साएर गोर्खा जातिको न्यायको निम्ति स्वाभिमानी गोर्खा भएर एउटै मञ्चमा आएर कार्य गरौं भनी वाई लामाले अपिल गरेका छन्।










