गोरामुमो अध्यक्ष मन घिसिङद्वारा जनतालाई धन्यवाद ज्ञापन

IMG-20240605-WA0303.jpg

यो हाम्रो अन्तिम सघाउ हो र आउँदो बंगालको विधानसभा चुनाव अघि नै गोर्खालाई न्याय दिनुपर्छ: मन घिसिङ

दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज पार्टीको केन्द्रीय कार्यालय दार्जीलिङमा पत्रकार सम्मेलनको आयोजना गरी भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई भारी मत दिएर बिजयी बनाएकोमा धन्यवाद दिएका छन्। उनले यो हाम्रो अन्तिम सघाउ हो र आउँदो बंगालको विधानसभा चुनाव अघि नै गोर्खालाई न्याय दिनुपर्छ अनि यदि यसो नहुनु सकेको खण्डमा पहाडमा अर्कै परिस्थिति भएर जानेछ भनी बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, ‘गोर्खा जातिले राजु विष्टलाई मुद्दाकै निम्ति दोस्रो पटक पनि आफ्नो मत दिएर बिजयी बनाएको हो। वर्तमान समय पहाडमा चलिरहेको ब्यवस्थाले जनता दिक्क भएका छन्। यस्तो व्यवस्था खारेज हुनुपर्छ। अझैं पनि यो व्यवस्था कायम रहे पहाडको भविष्य अझ गम्भीर भएर जाने छ। यसकारण भारत सरकारले चाढै नै गोर्खा जातिको सुरक्षाको निम्ति संवैधानिक ब्यवस्था दिनुपर्छ।”

About Author

Advertisement