गोरामुमोद्वारा शहीद दिवस पालन गरिने

IMG-20220724-WA0142.jpg

दार्जिलिङ: गोरामुमोद्वारा आगामी २७ जुलाईमा शहीद दिवस पालन गरिने भएको छ। उक्त विषयमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। उनले जानकारी गराउँदै गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार सन् १९८६ साल देखि २०१७ सम्म जाति माटो र उन्मुक्तिको लडाईमा वीर गति प्राप्त गरेका ती वीर शहीदहरुलाई सम्झना गर्दै दार्जीलिङ खरसाङ, कालेबुङ अनि मिरिकमा शहीदहरुलाई सम्मान अनि श्रद्धाञ्जली अर्पण गर्न गोरामुमोद्वारा शहीद दिवस पालन गरिने जनाएका छन्। आज केन्द्रीय कार्यालय दार्जीलिङमा आफ्नो प्रेस विज्ञप्ति जारी गर्दै वाई लामाले २७ जुलाई २०२२ को दिन भागोप्रापले म्याराथन दौडको आयोजना गरिरहेका छन् उक्त दिन सम्पूर्ण वहानहरु बन्द गरिन्छ प्रशासन अनि ट्राफिक पुलिसले उक्त दिन शहीद दिवसमा आउने वाहनहरुलाई नरोकिदिन अपिल गर्दछु साथै उनीहरुलाई उचित व्यवस्था गरिदिन निवेदन गर्दछु भनी बताएका छन्। उनले २७ जुलाई १९८७ सालमा कालेबुङमा निहत्या हाम्रो माटो प्रेमी जातिप्रेमी, गोर्खाल्याण्ड प्रेमी गंगामाया, चुन्नु जस्ता आमाहरुमाथि बर्बरतापूर्वक तत्कालीन बामपन्थी सरकारको आदेशमा गोली चलाएर गोर्खाल्याण्डको मांगलाई दबाउने कोशिस भएको कालो दिन जसलाई हामी शहीद दिवसको रुपमा पालन गर्दै आएका छौं र तत्कालीन गोरामुमो अध्यक्ष सुवास घिसिङको एक आह्वानमा सयौं गोर्खाहरुले छुट्टै गोर्खाल्याण्डको निम्ति सर्वोच्च प्राणको आहुती दिएका थिए। त्यसैले उनीहरुको स्मरणमा वर्तमान अध्यक्ष मन घिसिङद्वारा सबै गोरामुमो ब्राञ्च कमिटीहरुलाई भव्यताको साथ शहीद दिवस पालन गरिदिने अनुरोध गर्दै पहाडवासीहरुलाई उक्त दिन श्रद्धासुमन सहित श्रद्धाञ्जली अर्पण गरिदिने अपिल गरेको वाई लामाले जानकारी दिएका छन्।

About Author

Advertisement