गोरामुमोद्वारा जीटीए चुनाव बहिष्कार गर्ने आहवान

GNLF-apeal

खरसाङ: गोरामुमो सोनादा एकाइले आइतबार संगठनिक सभाको आयोजना गरी जीटीए चुनाव बहिष्कार गरिदिन अपिल गरेका छन्। गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई वाङ्दी शेर्पाले आयोजना गरेका थिए। शाखा प्रशाखाका सम्पूर्ण प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको सभामा जीटीए चुनावको घोर विरोध गर्दै यो जाति विरोधी र माटो विरोधी रहेको सभाले प्रस्ताव पारित गरेक जानकारी प्राप्त भएको छ। सभापछि गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले पत्रकारहरुलाई जानकारी गराउँदै जीटीए व्यवस्थाको विरुद्धमा संस्थापक अध्यक्ष सुवास घिसिङले उच्च न्यायलयमा मुद्दा दर्ता गरेका थिए, यसैलाई प्राथमिकता दिन्दै जीटीए गोर्खा विरोधी रहेको ठहर गर्दै वर्तमान अध्यक्ष मन घिसिङले दोस्रो चोटि उच्च न्यायलयमा मुद्दा  दर्ता गरेका छन्। यसको निम्ति उच्च न्यायलयले आउँदो २१ जूनको दिन जीटीएको चुनाव अनि वैधानिकतामाथि सुनवाइ हुने जानकारी दिएका छन्। यसको निम्ति गोरामुमो खरसाङ ब्राञ्च कमिटी लगायत सोनादा टुङ समष्टि, सोनादा टाउन कमिटी साथै सम्पूर्ण भ्रातृ संगठनको तर्फबाट धन्यवाद दिन चहान्छौ भनी भुपेन गुरुङले जनाएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई चुनौती दिँदै चुनाव जित्ने बित्तिकै जीटीए सभामा गोर्खाल्याण्ड निर्माण कमिटी बनाउने प्रस्ताव ल्याउनेछु भनी दिएको खण्डन गरेका छन्। जीटीएको एग्रीमेन्टमा जीटीए गोर्खाल्याण्डको बाधा होइन भनी लेखिएको छ भनी दिएको बयानलाई उनले चुनौती दिँदै जीटीएको अग्रीमेन्टमा यो पनि लेखिएको छ कि दार्जीलिङ, तराई अनि डुवर्सको भूभाग बङ्गालको अभिन्न अंग हुन् भनी लेखिएका छन्। जीटीएको चुनाव गराउनु भनेको गोर्खा विरोधी हुन् जनता जीटीएदेखि रिसाएका छन् यसरी जन आंकाक्षाविरुद्ध जबर्जस्ती चुनाव थोप्नु भनेको बङ्गाल सरकारको तानाशाह हो,  गोर्खाहरुको निम्ति स्थायी राजनैतिक समाधान होस् र हुन्छ भनेर भारतको गृहमन्त्रीले बनिसक्यो पछि हाम्रो न्याय नहोस् भनेर बंगाल सरकारले ठूलो षड्यन्त्र रचेका छन् र यसलाई साथ दिने हाम्रै गोर्खा नेताहरु छन् । गोरामुमो जब सम्म जाति र माटोले उनमुक्ती पाउदैन हामी लागि पर्नेछौं र यसको निम्ति अध्यक्ष मन घिसिङलाई हामी अन्तिम क्षण सम्म साथ दिनेछौ भनी भुपेन गुरुङले भने, २१ जूनको दिन न्यायलयले जीटीए माथी के फैसला गर्छ तर हामी देशको न्यायलय माथी पुर्ण आसाबादी छौं यसकारण गोर्खाहरु प्रति गरेको दमन नीतिविरुद्ध जनताले जीटीए चुनाव बहिष्कार गरिदिन भुपेन गुरुङले अपिल गरेका छन्।

About Author

Advertisement