दार्जिलिङ: गोरामुमोको भावी राजनैतिक गतिविधि लिएर सांङ्ठानिक सभा सम्पन्न भएको छ। गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा आज पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा पार्टीको भावी राजनैतिक रणनीति विषय लिएर सांङ्ठनिक सभा बसेको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सभालाई केन्द्रीय समिति महासचिव महेन्द्र छेत्रीले सञ्चालन गरेका थिए।

सभामा विधायक एवं गोरामुमो सेक्रेटरी जनरल निरज जिम्बा, गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष मौरिस कालिकोटे, सेक्रेटरी जनरल ऋषि थापा, गोरामुमो केन्द्रीय समिति सदस्यगण लगायत दार्जीलिङ , खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग अनि सम्पूर्ण भातृ संगठनका प्रतिनिधिवर्ग उपस्थिति रहेका थिए।










