गोपाल लामाको समर्थनमा ऋतब्रत बनर्जी सिलगढीमा

Capture6-6.png

सिलगढी: दार्जिलिङ जिल्लाबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा आईएनटीटीयूसीका प्रदेश अध्यक्ष ऋतब्रत बनर्जीले सिलगढीमा र्‍याली निकालेका छन्। आज आइएनटिटियुसी प्रदेश अध्यक्ष ऋतब्रत बनर्जी सिलगढीको मल्लगुड़ीदेखि हाश्मी चोकसम्म पैदल यात्रा गरेका छन्। यो र्‍यालीमा ठूलो संख्यामा तृणमूल नेता तथा कार्यकर्ता समर्थकहरुको उपस्थिति रहेको थियो।बनर्जीले भने कि दोस्रो चरणको चुनाव अप्रिल २६ मा रायगञ्ज, बालुरघाट, दार्जिलिङ जिल्लामा हुनेछ। त्यसैले गोपाल लामाको समर्थनमा आज यो पदयात्रा गरिएको हो। ममता बनर्जीको कामको आधारमा हामीले बंगालका जनतालाई तृणमूल उम्मेदवारलाई जिताउन अपील गरेका छौं। दार्जिलिङ लोकसभाका जनताले पनि भाजपाविरुद्धको लडाइमा हाम्रा उम्मेदवारलाई समर्थन गर्नेछन्।

About Author

Advertisement