सिलगढी: राष्ट्रिय विभूति गोपालसिंह नेपाली बस्नेतलाई मरणोप्रान्त भारत रत्न दिइनपर्ने लेखक अनि अभिनेता कृष्ण बस्नतले माग गरेका छन्। उनी सिलगढीमा एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाद्वारा आयोजित राष्ट्रिय विभूति गोपालसिंह नेपाली बस्नेतको ११५औं जन्मजयन्तीमा प्रमुख अतिथिको रुपमा बोलिरहेका थिए। उनले हाम्रो देशको लागि राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतको योगदानको व्याख्या गर्दै देशभक्तिको लागि उनलाई हामीले सदैव अग्रपंक्ति राख्न पर्छ। देश सेवामा उनको योगदानको कदर गर्दै सरकारले उनलाई मरणोप्रान्त भारत रत्न दिनैपर्ने बताए। बाल साहित्य अकादमी पुरस्कार विजेता डा. साङमु लेप्चाद्वारा अध्यक्षता गरिएको कार्यक्रममा विशिष्ट अतिथि र प्रमुख वार्ताकार डा. आशा मुखिया लामा, साहित्य अकादमी नेपाली भाषा परामर्श समिति र पुरस्कार चयन समितिकी सदस्या अनि अध्यक्ष, गोर्खा सांस्कृतिक संस्थान् खरसाङ थिइन्। उनले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतका कविताहरूमाथि राष्ट्रिय भावनामाथि गहन विश्लेषण गरिन्। जसमा उनले बस्नेत कति प्रतिभाशाली व्यक्तित्व थिए, त्यसबारे प्रकाश पारिन्। यसरी नै विशिष्ट अतिथि र अर्का वक्ता तिलक लम्सालको वार्तामा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतको प्रतिभामाथि सम्पूर्ण व्याख्या रहेको थियो। उनले बस्नेतको साहित्य सृजना गर्ने समय काल, हिन्दी साहित्यमा उनको देन, नेपाली साहित्यमा उनको देनमाथि धेरै ब्याख्या गरे। सारोह अध्यक्ष डा. साङमु लेप्चाले राष्ट्रिय विभूति गोपालसिंह नेपाली बस्नेतलाई ब्याख्या गरेर गरिनसक्ने अथाह ज्ञानका भण्डार भएको बताइन्।
उक्त कार्यक्रममा आरनोवाका सल्लाहकार मुक्ति उपाध्याय बराल, गीतकार बीबी विश्वकर्मा, नाटककार सरस्वती शेर्पा, साहित्यकार मोनिका प्रधान र डा. नीना राई, निर्माता-निर्देशक बिनोद विष्ट विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। यसै गरी चम्पासरी अञ्चल जनकल्याण समितिबाट अध्यक्ष रबि रसाइली, सर्व कल्याण समिति, शास्त्रीनगरबाट अशोक रोका, बालकृष्ण सङ्घ, शास्त्रीनगरबाट कुसुम दियाली उपस्थित थिए।

शास्त्रीनगर, सिलगढीको अरूणा लामा पथस्थित समाज सेवा समिति भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय विभूति गोपालसिंह नेपाली बस्नेतको तस्वीरमा दीप प्रज्ज्वलन गरी श्रद्धा अर्पण गरियो। क्रमशः रेणुकाज डान्स एकेडेमीका नानीहरू दुर्गा छेत्री, अवन्तिका खत्री, मेहक डे, अन्नपूर्ण बर्मण अनि याना गुरूङले रेणुका छेत्रीको निर्देशनमा सरस्वती वन्दना प्रस्तुत गरेका थिए। त्यसपछि राष्ट्रिय विभूति गोपालसिंह नेपाली बस्नेतद्वारा निर्मित भजन किरण घिमिरे, मुस्कान विश्वकर्मा, योगेश छेत्री अनि देवराज सुनारले प्रस्तुत गरे। यसरी नै डा. जीवन राणाद्वारा राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतमाथि लिखित, जीवन अधिकारीद्वारा सङ्गीतवद्ध गीत जुनु गौतमले प्रस्तुत गरिन्। जसमा शास्त्री नगर समाज सेवा समितिका सदस्यहरू सूर्या राई, उषा लामा, कल्पना भुजेल, सरिता गुरूङ र सरिताले साथ दिएका थिए। जसको निर्देशन रुबेन गुरूङले गरेका थिए। यसरी नै आरनोवाका पूर्व उपाध्यक्ष र चर्चित गायक बिक्रम कालिकोटेले विभिन्न देशभक्ति गीतहरू गाएका थिए। तुलसा दुतराजद्वारा सञ्चालन गरिएको कार्यक्रममा मोहन शर्माद्वारा स्वागत भाषण अनि महासचिव सङ्गीता राईले आरनोवाको गतिविधि प्रस्तुत गरेकी थिइन्।

उक्त कार्यक्रम सफल पार्न उपाध्याक्ष मोहन लुइँटेल, महासचिव सङ्गीता राई, कोषाध्यक्ष अनुसा राई, कार्यकारी सदस्यहरू बलु गुरूङ र दीपा साइनलगायत शास्त्री नगर समाज सेवा समितिकी सदस्य अमित लेप्चाको विशेष योगदान रहेको थियो।





