गोपालधारा-सियोक-ओकाईटी समष्टीबाट निर्दलीय प्रार्थी लाडुप घिसिङले बुझाए नामांकन पत्र

Arun-Ghisingh


खरसाङ: जीटीए चुनावको लागि मिरिकको २३ नम्बर सियोक गोपालधारा ओकाइटी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा लाडुप घिसिङले नामांकन पत्र खरसाङ महकुमा शासकको कार्यालयमा बुझाएका छन्। आफ्नो नामांकन पत्र बुझाउन अघि पत्रकारहरूसित कुराकानी गर्दै लाडुप घिसिङले भने, ‘हामीले क्षेत्रीयता बचाउनपर्छ र अब पनि हामी गोर्खा जागेन भने हाम्रो क्षेत्रीयता बाँच्दैनl’ उनले अबको प्रशासनमा योग्यताको कदर हुनुपर्छ र योग्य व्यक्तिले मौका पाउनुपर्छ भनी बताएका छन्। लाडुप घिसिङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामाथि आरोप लगाउँदै भने, ‘हिजोसम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले क्षेत्रीयता बचाउँछु भनी भनिरहेको थियो, तर होइन रहेछl भन्दै पार्टीको महासचिवले हाम्रो कुनै पार्टीसित गठबन्धन छैन भने पनि यहाँ अर्कै प्रकारको चलखेल रहेछ, तर मिरिकमा अझैं पनि लाडुप घिसिङ जिउँदै छ।’ उनले अझ भने, ‘अब मेरो राजीनामा पनि कोलकोता पठाउनु कि कता पठाउनु भइरहेको छl यसपाली सबै निर्दलीय प्रार्थीहरू मिलेर बोर्ड गठन गर्नुपर्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रजाको लागि होइन रहेछ, तर केवल ठेकेदारहरूको लागि रहेछl ठेकेदारहरूले के गर्नुपर्छ र नेताले के गर्नुपर्छ त्यो भनिरहनु पर्दैन।’ उल्लेख्य,  अरुण घिसिङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टी संयोजक थिए, तर उनले पार्टीबाट राजीनामा दिएर मिरिकको गोपालधुरा-सियोक-ओकाईटी समष्टीबाट बुधबार नामांकन पत्र बुझाएका छन्।

About Author

Advertisement