दार्जिलिङ : जीटीए चुनावको विरोधमा दार्जिलिङमा आमरण अनशन बसिरहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न आज राज्यको जनजाति मन्त्री बुलुचिक बडाइक आज दार्जिलिङ आएका थिए। पश्चिम बंगालको जनजाति मन्त्री अनशन स्थलमा पुगेर बिमल गुरुङलाई अनशन उठाउने अनुरोध गरेका थिए। तर राज्यको जनजाति मन्त्री बुलुचिक बराईको अनुरोधलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले अस्वीकार गरेका छन्। अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै राज्यको जनजाति मन्त्री बुलुचिक बडाइकले बिमल गुरुङसित मेरो पारिवारिक सम्बन्ध रहेकोले आज भेट्न आएको बताउँदै बिमल गुरुङ गोर्खाहरूको जनप्रिय नेता रहेको बताएका छन् ।
उनले विधानसभा चुनावको समयमा बिमल गुरुङले आफ्नो पक्षमा चुनाव प्रचार गरिदिएको आज बिमल दाजुलाई भेट्न आएको बताएका छन् । उनले गोर्खाहरूको समस्या र बिमल गुरुङको दाबीलाई बातचितबाट नै समाधान हुने भएको र अहिले जीटीए चुनावको घोषणा भएकोले एमसीसी लागु भएको कारणले अब चुनावपछि वार्ताको लागि सरकारलाई पहल गर्नलाई निवेदन गर्ने बताएका छन्। मन्त्री बडाइकले मेरो अनुरोध छ कि बातचीत हुँदै गर्छ तर बिमल दाजुको अनशन तोडिनुपर्छ कारण स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ र नेपाली गोर्खा जातिलाई बिमल दाजुको आवश्यकता छ भनी बताएका छन् ।









