गोजमुमोद्वारा बीडीओ मार्फत मुख्यमन्त्रीलाई ज्ञापन

IMG-20220527-WA0110.jpg

कालचिनी। पहाड़मा हुन लागेको जीटीए चुनाउलाई गोजमुमोद्वारा दिएको मेमोरेन्डम अफ प्रोपोजललाई हेरबिचार गरेर मात्र चुनाउ गराईनु पर्ने निवेदन गर्दै गत केही दिन अघि जिल्ला शासक मार्फत चढ़ाईएको ज्ञापनलाई आज पुनः कालचिनी बीडीओ मार्फत चढ़ाईएको जानकारी गोजमुमो डुवर्स केन्द्रिय सदस्य मदन लामाले दिएका छन्।
आज यस क्रममा गोजमुमो केन्द्रिय सदस्यहरू मदन लामा, अमृता राई, पूजा राई, लगायत मोर्चा कालचिनी ब्लक सभापति राजेश बराईली, सचिव अमल लामा, डुवर्स साङ्गाठानिक सचिव नन्दलाल खातीको उपस्थिति रहेको थियो।
ज्ञापनलाई चढ़ाए पश्चात गोजमुमो केन्द्रिय सदस्य मदन लामा र अमल लामाले मूलतः डुवर्स तराईको दीर्घ लम्बित३९६ मौजाहरूलाई जीटीएमा गाभ्नु पर्ने सम्बन्धमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष ज्ञापन सुम्पिएको तर राज्यले आगामी २६ जुनको दिन नै जीटीए चुनाउ घोषणा गरेकोले केन्द्र कमिटीको निर्देश अनुरुप आज ज्ञापनलाई पुनः कालचिनी बीडीओ समक्ष तिनको मार्फत मुख्यमन्त्रीकहाँ चढ़ाएको जनाएका छन्।
वर्तमान अध्यक्ष बिमल गुरुङ डुवर्स तराईको निम्ति अनसनमा बसेको र आगामी दिनमा अध्यक्षको निर्देश मुताबिक के कस्तो आन्दोलनको रणनीति बन्नेछ सो मुताबिक अघि बढ़ने मोर्चा नेताहरूले जनाएका छन्।

About Author

Advertisement