गोजमुमोको निर्णयलाई हामो पार्टीले जनायो स्वागत

दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को निर्णयलाई हाम्रो पार्टीले गोर्खा जातिको हितमा रहेको बताउँदै स्वागत जनाएको छ। गोजमुमोको केन्द्रीय महासचिव रोशन गिरीले जीटीए सम्झौताको दस्तावेजमा आफूले गरेको हस्ताक्षरलाई फिर्ता लिएको अवगत गराउँदै केन्द्रीय गृहमन्त्री अमित शाह आदिलाई पत्रचार गरेको छ। रोशन गिरीको उक्त कार्यलाई हाम्रो पार्टीका केन्द्रीय महासचिव फुर्तेम्बा  भोटियाले गोर्खा जातिको हितमा रहेको बताएका छन्। हाम्रो पार्टीका महासचिव भोटियाले अझ भने, ‘सन् २०११ मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दस्तावेजमा हस्ताक्षर गर्नेहरू मध्ये गोर्खा जनमुक्ति मोर्चा पनि एउटा होl उनीहरूले आफ्नो हस्ताक्षरलाई फिर्ता लिएको सुन्नमा आएको छl यो गोर्खा जातिको हितमा रहेको छ। जीटीएले गोर्खा जातिको चिन्हारी र जातीय परिचय दिनु सक्दैन भन्ने कुरा हामीले शुरूदेखि नै भन्दै आएका हौँ अनि जीटीएले अहिलेसम्म कुनै खास विकास कार्यहरू पनि गर्नसकेको छैनl’ ‘गोर्खा जातिको हितमा हाम्रो पार्टीको सभासदहरूले पनि राजीनामा दिनुपर्छ भने हामी दुईमत छैनौ किनभने हाम्रो पार्टीको गठन गोर्खा जातिको हित र गोर्खा जतिको परिचयको निम्ति गठन भएको हो’, महासचिव भोटियाले भने।

About Author

Advertisement