गोजमुमोका पदम छेत्रीसहित १५ युवाहरू भागोप्रमोमा सामेल

IMG-20230326-WA0104.jpg

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाका पदम छेत्री अनि अन्य १५ युवा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। गोर्खा जनमुक्ति मोर्चालाई त्यागेर आज ३३ नम्बर समष्टि अन्तर्गत पर्ने मल्ली क्षेत्रबाट पदम छेत्रीको अगुवाईमा १५ जना युवाहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनीहरूलाई कालेबुङका विधायक रूदेन सादा लेप्चा अनि सभासद सिनोरा नाम्चुले पार्टीकाे झण्डा थमाएर पार्टीमा स्वागत जनाएका छन्। स्मरण रहोस् यी युवाहरु विमल गुरुङका अति नै निकटका व्यक्तिहरू रहेका थिए।

About Author

Advertisement