दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आजको दुवै म्याच दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको रह्यो। आज खेलिएको दिनको पहिलो म्याचमा गेलोंगटार युनाइटेड क्लबले अप्पर रंगबूल स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अनुरोध देवानले २०औं मिनटमा गरे। यसरी दिनको दोस्रो म्याचमा युनाइटेड गिंग फूटबल क्लबले सिंहमारी फार्म्स क्लबलाई ७-०-ले पिट्यो। विजेता टीमबाट सागर तामाङले ह्याट्रिक गरे। उनले ३५औं, ३९औं र ६०औं मिनटमा गोल गरे। यसबाहेक अनमोल छेत्रीले १९औं, हिरन गुरुङले ४३औं र अजय गुरुङले ५०औं र प्रशित तामाङले ५४औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।









