गान्तोक: गेजिङ जिल्ला अन्तर्गत चोङराङ खण्ड प्रशासनिक केन्द्रले कम्प्रिहेन्सिव ई- वेस्ट मेनेजमेन्टको निम्ति पहल शुरू गरेको छ। यसको निम्ति चोरङराङ बीएससीमा सचेतना एवम संग्रह अभियान हिजोदेखि शुरू गरेको छ। यस विषयलाई लिएर गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले चिन्ता व्यक्त गरेकी छन्। उनले गेजिङ जिल्लाको सबै खण्डहरूमा यस प्रकारको योजना शुरू गरिएको जानकारी गराइएकी छन्। यस अभियानलाई लिएर खण्ड विकास अधिकारी, एमइओ र सम्वन्धित विभागका अधिकारीहरूलाई लिएर अभिमुखी कार्यक्रम आयोजना गरिनु पर्ने उनले महसुस गरेकी छन्। सम्वन्धित निकायका कर्मचारीहरूले इ-वेस्ट मेनेजेन्ट घर-घर, विद्यालय र कार्यालय पुगेर संग्रह गरिनु पर्ने बताएकी छन्।









