गेजिङ जिल्लाको निम्ति १८ वटा पोस्टल व्यालेट आयो

IMG-20240517-WA0221.jpg

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत पर्ने विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज १८ वटा पोस्टल व्यालेट आएको छ। आज आएको १८ वटा पोस्टल व्यालेट राब्देञ्जीमा स्थापित स्ट्रङ रूममा राखिएको छ। गेजिङ जिल्लाको डाकघरबाट प्राप्त सबै पोस्टल व्यालेट जिल्ला चुनाउ अधिकारी अग्नि छेत्रीलाई हस्तान्तरण गरिएको छ भने यस अवसरमा जिल्ला प्रशासनिक केन्द्रका अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। गदत १६ अप्रेलदेखि अहिलेसम्म गेजिङ जिल्लाको निम्ति कूल १७० वटा पोस्टल व्यालेट आइसकेको छ।

About Author

Advertisement