गेजिङ जिल्लाको तीन दिवसीय भ्रमणपछि सोरेङ आइपुगे राज्यपाल

govr._697

सोरेङः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य सोरेङ जिल्लाको भ्रमणमा आज दिउॅंसो सोरेङ आइपुगे। राज्यपाललाई सोरेङका विधायक आदित्य गोले, जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरूङ, उपाध्यक्ष चन्द्रबीर कामी, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव सुकहाङ लिम्बू, जिल्लापाल भीम ठटाल तथा अन्यहरूले स्वागत जनाए। राज्यपाललाई जिल्ला प्रशासनिक केन्द्रमा सेकेन्ड आईआरबीका जवानहरूले गार्ड अफ् अनर दिएर सम्मान जनाए।

राज्यपाल प्रसाद तीन दिवसीय गेजिङ जिल्लाको भ्रमण समाप्त गरेर आज सोरेङ जिल्ला आइपुगेका हुन्। अन्तिम दिन राज्यपालले पेलिङको प्रसिद्ध पर्यटन गन्तव्य चेरेजीको मूर्ति र स्काई वक भ्रमण गरे।

-हिस

About Author

Advertisement