गेजिङ जिल्लाका सबै चार निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान जारी

n6015960481713531548165bad1286b717ab182191181df1354d5a49771765f1eeae72631b0ee10e42c7283.jpg

गेजिङ: पश्चिम सिक्किम अन्तर्गत गेजिङ जिल्लाका सबै चार निर्वाचन क्षेत्रमा शान्तिपूर्वक मतदान चलिरहेको छ। भारतको चुनाउ आयोगले जारी गरेको रिपोर्ट अनुसार, गेजिङ जिल्लाको योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा दिउॅंसो एक बजीसम्म ३१.३ प्रतिशत मतदान भएको छ।

यसरी नै दिउॅंसो एक बजीसम्म याङथाङ निर्वाचन क्षेत्रमा ३६.१६ प्रतिशत, मानेबुङ देन्ताममा निर्वाचन क्षेत्रमा ४१.४६ प्रतिशत र गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा ३७.९६ प्रतिशत मतदान भएको छ। मतदान केन्द्रहरूमा बिहान सात बजीदेखि मतदान शुरू भएको थियो।

About Author

Advertisement