गेजिङ जिल्लाका विभिन्न स्थानमा पैह्रौले व्यापक क्षति

photocollage_202296233337391.jpg

गेजिङ: हिजो राति परेको अविरल वर्षाका कारण पश्चिम सिक्किमका विभिन्न स्थानमा भल पैह्रौले व्यापकरूपमा क्षति पुऱ्याएको छ। गेजिङ बर्मेक निर्वाचन क्षेत्रको बर्मेक वर्थाङ ग्राम पन्चायत एकाइ निवासी नरपति शर्माको घरमा पैह्रौले क्षतिग्रस्त बनाएपछि घर छोड्नु पर्ने स्थिति उत्पन्न भयो। गत १ सेप्टेम्बरको पानीले घरमा पैह्रौ पस्दा शर्माको घरलाइ निक्कै क्षति पुऱ्याएको कारण शर्माको बास टुट्यो। कच्चा घरमा बस्दै आएका नरपति शर्माको भन्सा घर सहित मुल घरमा पनि भल पस्दा शर्मालाइ बसाई सर्न बाध्य बनेको बताउँछन्। यस बाहेक गेजिङ नजिक अमित कुमार सुवेदीको गाई गोठमा पहिरो खस्दा ग्वालीमा बाँधेको गाईलाइ निक्कै चोट लागेको बताएका छन्। यसैगरी आज गेजिङ जिल्लालाई जोड्ने मुल सडक जताततै बन्द हुँदा विकट समस्य भएको छ। गेजिङ र लिङ्चोमलाइ जोड्ने मुल सडक लाङ्गाङ र तिजेकको सिमानाको खोल्सामा गेजिङबाट तिकजेक गाउँ प्रवेशद्वारमा सडक अवरुद्ध हुँदा दिन भरिनै आवतजावत ठप्प बन्यो। माथिल्लो तिकजेक र याङ्थाङको बीचमा टिक्जेक फाटक हुँदै ग्याबा जाने बैकल्पिक मार्ग पनि धेरै समयसम्म अवरुद्ध भएको कारण आज दिनभरि नै आवतजावत बन्द रहेको हो। यसरी ग्रामीण भेगका खहरे खोल्साहरु बडेर गाउँमा पस्दा गाउँलाइ जोड्ने सडक मार्गहरुको बन्द भएका छन् भने कतिपय स्थानमा अन्न बाली त घरहरुमा पनि भलपैह्रौ खस्दा जनजीवन अस्तव्यस्त बनाएको छ। गेजिङ जोरथाङलाई जोड्ने सडक पनि ठाउँ – ठाउँमा बन्द हुँदा दिन भरिनै आवतजावत ठप्प बन्यो। यता गेजिङ लिङ्चोमलाइ जोड्ने सडक मार्ग भने आज बेलुका सम्म खुला हुन सक्ने सम्भावना रहेको छ भने गेजिङ लेगशेपलाइ जोड्ने रानिबन अहिलेदेखि सुचारुरूपमा सञ्चालन भएको छ। विशेष रुपले यस प्राकृतिक भवितव्यले जताततै गाउँहरुलाइ आतङ्कित बनाएको छ। यसरी बड्दो झरीको कारणले गदा ग्रामीण भेगका आम नागरिकहरू सतर्कता रहन आवश्यक देखिन्छ।

About Author

Advertisement