गेजिङ जिल्लाका अबजर्भरले गरे कागज पत्रको जाँच

IMG-20240420-WA0212.jpg

गान्तोक: हिजो सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति जनरल अबजर्भरकोरूपमा आएका पंकज यादव र रिटर्निङ अधिकारीले गेजिङ जिल्लाको चारवटा निर्वाचन क्षेत्रमा सम्पन्न भएको चुनाउलाई लिएर कागज पत्रको जाँच गरे। विशेष गरेर यस अवसरमा राज्यका सबै राजनीतिक दलहरूले सक्रियरूपमा सहभागिता जनाएको बताइएको छ। आज उनले क्योङसाको प्रेक्षागृहमा गेजिङ जिल्लाका राजनीतिक दलका उम्मेदावारको चुनाउ एजेन्टको उपस्थितिमा जाँच गरे।जिल्ला चुनाउ अधिकारीले छानबिन प्रक्रियाको विस्तृत जानकारी दिए र भारतीय चुनाउ आयोगको निर्देशन अनुसार छानबिनका लागि मतदान केन्द्रहरू छनौट गर्ने दिशानिर्देशहरू व्याख्या गरे। चुनाउमा सम्बन्धी कागजातहरू निर्वाचन अधिकारीहरूले सावधानीपूर्वक छानबिन गरे र प्रक्रियामा कुनै अनियमितता फेला नपरेको बताइएको छ।

About Author

Advertisement