गेजिङ कन्या विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स फेयर आयोजित

IMG-20230901-WA0248.jpg

गेजिङः गेजिङ जिल्लाको कन्या वरिष्ठ माध्यमिक विद्यालयको पहलमा आज आर्टिफिसियल इन्टिलिजेन्स फेयर आयोजना गरियो। उक्त कार्यक्रममा छैटौंदेखि बार्हौं श्रेणीसम्मका विद्यार्थीहरूलाई स्टल लगाएका थिए। कार्यक्रममा कृतिम बुद्धिमत्ता मशिन, विशेष गरेर कम्प्यूटर प्रणालीहरूलाई मानव वुद्धिमत्ता प्रक्रियाहरूको विशिष्ट अनुप्रयोगहरू समावेश गरिएको थियो। यस महत्वपूर्ण कार्यक्रममा गेजिङ शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सुबैया जी., सह निर्देशक भाषा बीबी राई, उपनिर्देशक राजेश थापा, प्राचार्य सुष्मा सुब्बा, याङ्देन सिप्मो लगायत विभिन्न विद्यालयका शिक्षक अनि विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

विशेषतः एआई ल्याब सिक्किम राज्यमा दुईवटा विद्यालयमा स्थापना भएको छ, जसमा मोर्डन स्कूल गान्तोक र गेजिङ कन्या वरिष्ठ माध्यामिक विद्यालय सामेल छन्। २०१९ मा उक्त विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब जडान गरिएको थियो भने विद्यार्थीहरुको ठूलो प्रयासपछि आज प्रथमपल्ट २० वटा मोडलहरु तयार गरेर प्रतियोगितात्मक ढंगमा प्रदर्शनी गरियो, जसमा उत्कृष्ट तीनजनालाई स्मृति चिन्ह प्रदान गरियो भने सबै प्रतियोगिहरुलाई प्रमाणपत्र वितरण गरियो।

यस कार्यक्रमका अतिथिहरूले विद्यार्थीहरूद्वारा तयार गरिएको विभिन्न ल्याबको अवलोकनपछि निर्णायक मण्डलीले प्रतियोगिताको फलाफल घोषणा गरे। कार्यक्रमा निर्णायक मण्डलीको रूपमा रहेका शिक्षा विभागका उपनिर्देशक राजेश थापाले आफ्नो सम्बोधन अहिलेको युग भनेको विज्ञानको युग रहेको बताउँदै विद्यार्थीहरुले पनि विज्ञानसँग जोडिएर काम गर्नुपर्ने आग्रह गरे। नयाँ प्रविधिले मानव जातिलाई समस्या खोज्न होइन समाधान खोज्ने दिशातर्फ परिचय गराएको बताए।

About Author

Advertisement