गेजिङमा मत्सय सम्पदा जागरूकता अभियान कार्यक्रम आयोजित

IMG-20240217-WA0161.jpg

गान्तोक: गेजिङ जिल्लाको मत्स्य पालन निर्देशालयको पहलमा आज गेजिङ जिल्लास्थित सामुदायिक भवनमा मत्स्य सम्पदा जागरूकता अभियान आयोजना गरियो। हैदारावादको राष्ट्रिय मत्स्य विकास बोर्डको प्रायोजना आयोजना गरिएको यस कार्यक्रममा कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधनमा गर्ने क्रममा मन्त्री नेपालले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विभागलाई बधाई दिए। उनले दूरदर्शी मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकारले मत्स्यपालनलाई आत्मनिर्भर बनाउन सहयोग गर्न समर्पित भई काम गरिरहेको तथ्यलाई प्रकाश पार्दै केन्द्रबाट उपलब्ध गराइएका विभिन्न योजनाका बारेमा सचेत हुन आग्रह गरे।

मन्त्रीले लाभार्थीहरूलाई उनीहरूको सीप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्न राज्य सरकारले एक्सपोजर भ्रममको पनि आयोजना गर्दै आएको बताए। उनले राज्यमा माछापालन संस्कृति विकास गर्न विभिन्न माछा किसान उत्पादन संगठनहरू सिर्जना गर्ने र माछा पार्क र अन्य परियोजनाहरू सिर्जना गर्ने आगामी परियोजनाहरूको बारेमा पनि जानकारी गराए। उनले राज्यमा माछापालन उद्योगको विकासका लागि लगनशील र इमान्दारीपूर्वक काम गर्न सबै लाभार्थीहरूलाई आग्रह गरे।

About Author

Advertisement