गेजिङमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई दिइयो अन्तिम चरणको प्रशिक्षण

IMG-20221108-WA0437.jpg

गान्तोक: गेजिङ जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई तीन चरणको प्रशिक्षण कार्यक्रम प्रदान गरियो। आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर प्रिसाइडिङ,पोलिङ र सेक्टर मेजिस्ट्रेटहरूलाई क्रमबद्ध ढङ्गमा प्रशिक्षण प्रदान गर्दै आइरहेको छ। यसै क्रममा हिजो पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर आयोजित अन्तिम चरणको तालिम कार्यक्रममा सेक्टर मेजिस्ट्रेटहरूले चुनाउ प्रक्रियाबारे जानकारी गराए। विशेष गरेर चुनाउको समयमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको भूमिकाबारे विस्तृतरूपमा अवगत गराइयो। कूल छ जना सेक्टर मेजिस्ट्रेटले प्रशिक्षण दिएका थिए। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल एवम रिटर्निङ अधिकारी हिस्सी डी.योङदाले यस प्रशिक्षण कार्यक्रमको मुख्य औचित्य र महत्वबारे विस्तृत रूपमा प्रकाश पारिन्। उनले विशेष गरेर प्रिसाइडिङ अधिकारीहरूको मतदानको समयमा हुने भूमिकाबारे जानकारी गराउँदै सबै मतदान केन्द्रहरूमा मतदान सुचारूपमा सञ्चालन गर्नमा प्रिसाइडिङ अधिकारीहरूको जिम्मेवारीबारे अवगत गराइन्।

About Author

Advertisement