गेजिङमा न्यू गेजिङ वार्डका लागि तीन स्वतन्त्र उम्मेदवारको मनोनयन

IMG-20240717-WA0003

गेजिङ: आगामी नगरपालिका निर्वाचन २०२६ अन्तर्गत गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि तीन जना स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका छन्।
स्वतन्त्र उम्मेदवारहरूले जिल्ला निर्वाचन अधिकारी तेन्जिङ डी. डेन्जोङ्गपा समक्ष आज आफ्नो मनोनयन पत्र बुझाएका हुन्। मनोनयन दर्ता गर्ने अन्तिम दिन तीनै जना स्वतन्त्र उम्मेदवारहरूले नामांकन दर्ता गरेका हुन्।
मनोनयन दर्ता गर्ने उम्मेदवारहरूमा बिष्णुलाल थापा छेत्री, सन्तोष शर्मा र तिलारुपा शर्मा रहेका छन्। उनीहरूले न्यू गेजिङ (ओबीसी) वार्डका लागि उम्मेदवारी दिएका छन्।
उक्त वार्डका लागि यसअघि नै खिनामाया तिवारीले मनोनयन दर्ता गरिसकेकी छन्, जसका कारण यस वार्डमा प्रतिस्पर्धा हुने देखिएको छ।
यसैगरी, सेण्ट्रल गेजिङ (अनारक्षित) वार्डका लागि सुमन मित्तल र बिष्णुमाया छेत्रीले मनोनयन दर्ता गरेका छन्। क्योङ्सा (एसटी), ब्यादुङ (एससी) र नयाँ बजार (एसटी) वार्डमा भने एक–एक जना उम्मेदवार मात्र रहेकाले निर्विरोध हुने सम्भावना देखिएको छ।
निर्वाचन कार्यतालिका अनुसार मनोनयन पत्रको जाँच १ अप्रिलमा हुनेछ भने मनोनयन फिर्ता लिने अन्तिम मिति ४ अप्रिल २०२६ तोकिएको छ।

About Author

Advertisement