गेजिङमा तीन पाइप चोर पक्राउ

IMG-20250830-WA0140

गेजिङ: गेजिङ पुलिसले पाइपका सामग्री चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ। २९ अगस्तको दिन दर्ता भएको एक प्राथमिकीको आधारमा उक्त तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने आरोपीहरूमा दावा शाङ्पो लेप्चा, प्रदीप मंगर र पिन्टु कुमार रहेको छ। पुलिसअनुसार, उनीहरूले पेमायाङ्छे गुम्बा फाटक नजिकै खानेपानी विभागको साइटबाट पाइप चोरी गरी स्क्र्यापमा बिक्री गर्ने योजना बनाएका थिए। उक्त सामग्रीको अनुमानित मूल्य करिब ८५ देखि ९० हजार रुपुयाँ रहेको छ। यस घटनामा प्रयोग भएका दुईवटा गाड़ी पनि बरामद गरेको छ। साथै चोरी भएका सामग्रीहरू पनि जफ्त गरिएको छ।

About Author

Advertisement