गेजिङको विभिन्न स्थानमा सर सफाई कार्यक्रम आयोजित

IMG-20230929-WA0285.jpg

गान्तोक: गेजिङ जिल्लाको अतिरिक्त जिल्लापाल (विकास) कार्यालय र स्थानीय ग्राम पञ्चायत यूनिट, क्योङसा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी लगायत स्वच्छता समितिको संयुक्त पहलमा आज क्योङसा खेल मैदानकोव्यपारूपमा सर सफाई गरियो। क्योङसा खेल मैदानबाट शुरू गरिएको सफाई अभियान भानु सालिग, रोडलाइन हुँदै जिल्ला भवनमा पुगेर समापन भएको थियो। पहिलो पल्ट संकलन गरिएको फोहोर मैला निर्दिष्ठ स्थानमा पठाइएयो भने दोस्रो भागमा जिल्लाभिरका सबै नागरिकमा एसएचजीको सन्देश प्रवाह गर्ने उद्देश्यले आईईसी कार्यक्रम पनि आयोजना गरिएको थियो। सर सफाई कार्यक्रम सकेपछि क्योङको जिल्ला पञ्चायत भवनमा आयजित एक कार्यक्रममा सफाई कर्माचारीहरूलाई अभिनन्दन जनाइयो। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जिल्लापालले सर्वप्रथम यस सर सफाई कार्यक्रममा सहभागिता जनाएकोमा सबै सहभागीहरूलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरिन्।उनले गाउँ, सार्वजनिक स्थल र संस्थालाई सफा र स्वच्छ राखेर स्वस्थ जीवन जिउन सबैलाई आग्रह गरिन्।

About Author

Advertisement