कालचिनी: राजाभात स्पोर्टिङ क्लबको आयोजनामा चलिरहेको नकआउट फूटबल टूर्नामेन्टमा आज ग्लोबल क्लब असम बनाम दार्जीलिङ पुलिसबीच चलेको रोमाञ्चक खेलमा ग्लोबल क्लब असमले दार्जीलिङ पुलिसविरुद्ध २-० को गोल हालेर विजयी भएको जानकारी आयोजक कमिटीको पक्षबाट किरण लामाले दिएका छन्। शनिबार सम्पन्न खेलमा ग्लोबल क्लब असमका स्कोर मेदिना नार्जीनारी र बिर्दो नार्जीनारीले एक एक गोल गरेर टीमलाई विजयी बनाएको थियो भने म्यान अफ द म्याच असम टीमको खेलाड़ी अशोक ब्रह्मालाई प्रदान गरिएको थियो। यसरी नै गत १ सेप्टेम्बरको खेलमा कोचबिहार एफसीलाई तुलसीपाड़ा वारियर्स एफसीले टाइब्रेकमा ४-१ को अन्तरमा जीत हासिल गर्न सक्षम भएको थियो भने भोलि स्टुडेन्ट वेलफेयर एसोसिएशन कुमारग्राम बनाम कालचिनी ११ बीच सम्पन्न हुने बताइएको छ।










