गुवाहाटीमा लागुऔषध र नगदसहित तस्कर पक्राउ

Aressted-2

गुवाहाटी(असम): :गुवाहाटीबाट अबैध हेरोइन र नगदसहित एसटीएफले एकजना तस्करलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा एसटीएफको टीमले इन्स्पेक्टर कपिल पाठकको नेतृत्वमा राजधानीको कोइनाधरा क्षेत्रमा छापा मारी एकजना व्यक्तिलाई पनि पक्राउ गरिएको छ उसकोसाथबाट ३६ भायल हेरोइन (वजन ४८.८९ ग्राम), एउटा मोबाइल फोन र नगद जफ्त गरिएको छ। यो कारबाही वशिष्ठ थाना अन्तर्गत गरिएको हो। आरोपीविरूद्ध कारबाही सुरू गरिएको छ। एसटीएफले नशालु पदार्थको तस्करीमाथि कड़ाईपूर्वक प्रतिबन्ध लगाउने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ।

About Author

Advertisement