कालचिनी: राजाभात स्पोर्टिङ क्लबद्वारा चलिरहेको गूडविल कप २०२२ को टूर्नामेन्टको क्रममा सोमबार सम्पन्न खेलमा टिस्टा क्लब गजलडोबा बनाम वारियर्स एफसी बागडोगराबीच रोमाञ्चक म्याच भयो। खेलको अन्त्यमा टिस्टा क्लब गजलडोबाले ३-१ को अन्तरले वारियर्स एफसी बागडोगरालाई हराउन सफल भएको राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले बताएका छन्। टिस्टा क्लब गजलडोबाका नाईजीरियन खेलाड़ीहरु क्रमैले फ्र्यांक, क्रिस्चियन र क्यासिमिरोले १-१-१ गोल हालेर टीमलाई जिताए भने वारियर्स एफसी बागडोगराका खेलाड़ी ध्रुवले पनि १ गोल गर्न सफल भए। म्यान अफ द म्याच वारियर्स एफसी बागडोगराका खेलाड़ी राज महलीलाई प्रदान गरियोl टिस्टा क्लब गजलडोबाका नाईजीरियन खेलाड़ीहरुको म्याच हेर्न दर्शकहरुको बाक्लो जमघट रहेको थियो। आउँदो ७ सेप्टेम्बरको दिन तुलसीपाड़ा वारियर्स एफसी बनाम ब्रदर्स ११ कालचिनीबीच सम्पन्न हुने भएको छ।










