गुजरातबाट नाबालिग उद्धार

IMG-20230506-WA0233.jpg

गान्तोक: राज्यमा दिनप्रतिदिन नानीहरू हराएको घटना प्रकाशमा आएको छ। यी घटनाहरूलाई पुलिसले गम्भीरतापूर्वक लिँदै अपरहण हुन सक्ने सम्भवानलाई ध्यानमा राख्दै मुद्दा दर्ता गरिरहेको छ। कतिपय हराएका नाबालिगहरूलाई पुलिसले विभिन्न ठाउँबाट उद्दार पनि गरिरहेको छ। यसै क्रममा गेजिङ पुलिस गुजरातको नाडियाडबाट एक जनालाई सकुशल उद्दार गर्दै सिक्किम ल्याउन सफल बनेको छ। पुलिसले जानकारी गराए अनुसार गत २१ अप्रेलको दिन एक नाबालिग हराएको घटनालाई लिएर उनका परिवारले गेजिङ पुलिसमा मुद्दा दर्ता गरेका थिए।

उक्त घटनालाई पुलिसले गम्भीरतापूर्वक लिँदै निगरानी गरिरहेको थियो।निगरानी गर्ने क्रममा हराएकी नाबालिग गुजरातको नाडियाडमा रहेको थाह पाएपछि गेजिङ पुलिसका एएसआई ताई कुमार प्रधान र लेस नायक अर्विथ छेत्री गुजरात प्रस्थान गरेका थिए। अन्ततः पुलिसले नाडियाडको वन स्टप सेन्टरको सहयोगमा पीडितालाई उद्दार गर्न सिक्किम पुलिस सक्षम बन्यो।

About Author

Advertisement